लकडाउन उल्लङ्घन गर्ने पाँच सय ५० भन्दा धेरैलाई प्रहरीले काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिएको छ । मङ्गलबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट सबैभन्दा धेरै पाँच सय ३६, ललितपुरबाट १५ र भक्तपुरबाट आठ जना गरी पाँच सय ५९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई अत्यावश्यक काम बाहेकका लागि हिँडेको पाइए केही बेर बाटोमै उभ्याउने र सम्झाइ बुझाइ गरेर छाड्ने गरिएको छ ।
यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाएका चार सय १३ वटा गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेको छ । सरकारले पहिलो पटक एक हप्ताका लागि घोषणा गरेको लकडाउन थप दुई पटक लम्ब्याएको छ । नयाँ सूचना अनुसार आउँदो वैशाख ३ गतेसम्म लकडाउन घोषणा गरिएको छ ।