बलिउड नायिका जोया मोरानीलाई कोरोना संक्रमण दखिएको छ । केही समय पहिला पनि बलिउड गायिका कनिका कपुरलाई पनि कोरोनाको संक्रमण देखा परेको थियो उनी यो रोगबाट मुक्ति पाए लगत्तै अर्की नायिकालाई यो रोग देखा परेको हो । उनलाई कोरोना देखा परेपछि अस्पतालमा भर्ना भएकी छिन् ।
भारतमा यो रोगका कारण धेरै जनाले ज्यान गुमान परेको छ र कैयो मानिस संक्रमित भएका छन् । एकै दिन १८ जनाको ज्यान गएको छ । नायिका जोयालाई अहिले आइसोलेसन वार्डमा राखिएको छ ।
उनले टाइम्स अफ इण्डियासँग कुराकानी गर्दै आफूलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको प्रष्ट पारेकी हुन् ।