सर्वोच्च अदालतले नेपाल-भारत सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सरकारका नाममा आदेश गरेको छ । सीमामा अलपत्र रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वोच्चले आदेश दिएको हो ।
न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले सीमानामा अलपत्र नेपालीलाई ल्याउनल आदेश गरेको हो । तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य सुनिश्चितताको व्यवस्था गर्न पनि सर्वोच्चले आदेश गरेको छ ।
त्यस्तै सर्वोच्चले विदेशमा रहेका नागरिक समेत नेपाल फर्कन चाहेमा फर्कने व्यवस्था मिलाउन पनि आदेश गरेको छ।