खुशीको खबरः वैज्ञानिकहरुले बनाए कोरोना भाइरससँग लड्न अर्को भाइरस !

संसारको संकट बनेर फैलिरहेको कोरोना भाइरस अहिले स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चुनौति बनेर खडा भएको छ । द्वितीय विश्वयुद्ध पछि संसार सबैभन्दा ठूलो संकटको सामना गरिरहेको यो विश्वमा अहिलेसम्म ८८ जनाले ज्यान गुमाईसकेका छन् भने १५ लाख जनामा संक्रमण देखिएको छ । तर भर्खरै मात्र कोरोनाको बारेमा खुसीको एउटा खबर आएको छ ।

वैज्ञानिकहरुले कोरोना भाइरससँगै लड्न सक्ने क्षमता भएको एक नयाँ भाइरस बनाएका छन् । उनीहरुले आफूले निर्माण गरेको उक्त भाइरसले कोभिड(१९ र फ्लू जस्ता भाइरसलाई नष्ट गर्ने दाबी गरेका छन् ।



बर्लिनस्थित फोर्सचुंग्सवर्बन्ड ई।वी। आठ वैज्ञानिकहरुको एक संगठन हो । यस संगठनका वैज्ञानिकहरुको टिमले कोरोना भाइरसको यस्तो कोशिका बनाएका छन् जसले, फोक्सोको कोशिकाहरुको नक्कल गरेर कोरोना भाइरससँग लड्न सक्दछ ।

यो जानकारी होस् कि, कोरोना भाइरसले अत्याधिक असर फोक्सोमा नै गर्ने गर्दछ । जसको कारण संक्रमितहरुलाई श्वास फेर्न असहज हुने गर्दछ । साथै शरीरको लागि आवश्यक अक्सिजन मिल्न सक्दैन र त्यसकै कारणले गर्दा संक्रमितहरु ज्यान गुमाउने गर्दछन् ।

वैज्ञानिकहरुले यस भाइरसका नाम ‘ब्याक्टेरियोफेज क्याप्सिड’ राखेका छन् । यो भाइरसकै अर्को प्रकार हो । जसलाई एन्टीबायोटिक औषधिको विकल्पको रुपमा तयार पारिएको हो । यो भाइरस विशेष गरेर अन्य रोगका अधिकांश जीवाणुहरुलाई खाएर आफू जीवित रहन्छ ।

शोधका प्रमुख लेखक ड्यानियल लस्टरले आफूले तयार पारेको भाइरस संक्रामक नरहेको र त्यसमा १८० प्रोटिनका गुणहरु राखिएको बताएका छन् । जसका कारण भाइरसले रिसेप्टर्सको जसरी काम गर्ने पनि उनले बताएका छन् । त्यसैले यो भाइरस इन्फ्लूएन्जा भाइरसलाई हराउन पनि सफल भएको उनले बताएका छन् ।

दोश्रो शब्दमा भन्ने हो भने, इन्फ्लूएन्जा भाइरसलाई नष्ट गर्नको लागि यो भाइरसले ब्याक्टेरियोफेज भाइरसको उपयोग गर्दछ । शोधको टिमले अझै पनि धेरै काम गर्न बाँकी रहेको बताएको छ । वैज्ञानिकहरुको यस्तो विश्वास छ कि, उनीहरुले निर्माण गरेको भाइरस टेक्निक कोरोना भाइरसको औषधी बनाउनमा महत्वपूर्ण सावित हुनेछ ।

यदि कोरोना भाइरसविरुद्ध लड्ने सफलतामा उक्त भाइरस सम्भावित हतियार हुन सक्ने उनीहरुले बताएका छन् ।

सम्बन्धित समाचार