किन डराए सलमान खान ?

बलिवुडका सुपर स्टार सलमान खान अहिले आफ्नो फर्म हाउसमा लकडाउनमा परेका छन् । भारतभर अप्रिल १४ सम्म लकडाउन रहेकाले सलमान फर्म हाउसमा आफ्ना भाई सोहेल खानका छोरासँग रहेका छन् ।

यसैबीच सलमानले एक भिडियो सार्वजनिक गर्दै उनले आफ्ना पिता घरमा एक्लै भएको भन्दै आफु अहिले सच्चै डराएको बताएका छन् । आफुले तीन सातादेखि आफ्ना पितालाई भेट्न नसकेको बताउदै बाहिर ननिस्किन सल्लाह दिएका छन् ।



सलमानले फिल्मी डाइलग भन्दै, ‘ जो डर गया ओ मरगया’ भन्ने डाइलग यँहा लागु नहुने बताउँदै भनेका छन् – ‘यो डाइलग यहाँ लागु हुदैन । हामी डराएका छौ र यो बहादुरीका साथ भन्दै छु, हामी डराएका छौ । तपाइँहरु पनि बहादुर नबन्नुस् ।’

https://youtu.be/eRTFbKdrWz8

सम्बन्धित समाचार