मजदूरहरुको भोको पेट भर्न खानाको प्याकेट वितरण गर्दै अमिताभ बच्चन

भारतमा कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बलिउड अभिनेताहरुले आ-आफ्नो क्षेत्रबाट सहयोग जारी राखेका छन् ।

बलिउड मेगास्टार अमिताभ बच्चन यतिबेला दीनदुखी, गरिब तथा मजदूरहरुको भोको पेट भर्ने अभियानमा जुटेका छन् । उनले विहीबारमात्रै करिव २ हजार खानाको प्याकेट वितरण गरेको जनाइएको छ ।



कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन लागू गरेसँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि उनले खानाको प्याकेट वितर गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले २००० प्याकेट खाना वितरण गरे । उनले आवश्यक पर्ने अन्य सामान पनि वितरण गरेका छन् । आगामी दिनमा पनि उनीहरुका लागि सहयोग जारी राख्ने बताएका छन् ।

अभिनेताले हाजी अली दरगाह, माहीम दरगाह, बाबुलनाथ मन्दिर, वांद्रेको बस्ती र शहरको उत्तर भागमा रहेका केही बस्तीहरूमा खानाको प्याकेट वितरण गरेका हुन् ।

राहात वितरण गर्दा भीडभाड बढी हुने भएकाले सबैलाई सामाजिक दूरी अपनाउन आग्रह गरेका थिए । यस कार्यमा प्रहरीलाई सघाउन समेत उनले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार