एकै परिवारका ८ नेपालीलाई भारतमा कोरोना संक्रमण

भारतमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै नेपाली हुन् । मुम्बईको गिरगाउँ चौपाटी उनीहरु बस्नै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको बताइएको छ । उनीहरुमध्ये २ जनालाई मुम्बईकै पिब्लुडी अँधेरीको गेस्टहाउसमा र अन्यलाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको छ ।



भारतमा हालसम्म ७ हजार ६ सय जना संक्रमत भएका छन् भने २ सय ४९ जनाले ज्यान गुमाइसकेका छन् । ७ सय ७४ जना भने कोरोनामुक्त भएका छन् ।

सम्बन्धित समाचार