लकडाउन नहटाउन विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने बताए ।

युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेन र इटालीले प्रतिबन्धहरूलाई केही सहज बनाएपनि लकडाउनलाई जारी नै राखेका छन् । हाल सम्सारभर १६ लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यसबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघिसकेको छ।



जेनेभाको एक भिडिओ समाचार कन्फ्रेसनमा ट्रेडोसले केही युरोपियन मुलुकमा कोरोना भाइरसको संक्रमण स्वागतयोग्य रुपमा कम भइरहेको बताए । उनले विश्व स्वास्थ संगठनले प्रतिबन्धहरु कम गर्न सरकारहरुसँग मिलेर गरिरहेको जानकारी दिए। ‘तर छिटै ती प्रतिबन्धहरु उठाउँदा घातक पुनरुस्थान हुनसक्छ,’ महानिर्देशक डा. ट्रेडोसके भने।

सम्बन्धित समाचार