प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच आज भिडिओ कन्फ्रेन्स

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्स गर्ने भएका छन् । समसामयिक विषयमा ११ बजे मुख्यमन्त्रीहरू सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘कोरोना रोकथामका लागि भइरहेको तयारी र आगामी रणनीतिबारे छलफल गर्न मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले भिडिओ कन्फरेन्स गर्न लाग्नुभएको हो’, थापाले भने।



गत मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए । चैत १४ गते उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कन्फरेन्सबाट कुराकानी गरेका थिए।

सम्बन्धित समाचार