कोरोना भाइरसबाट धेरै ज्यान गुमाउने मुलुकमा इटालीलाई पछि पार्दै अमेरिका पहिलो नम्बरमा

अमेरिका कोरोना भाइरस कोभिड-१९ बाट सबैभन्दा बढी नागरिक गुमाउने मुलुक बनेको छ । रोयटर्सका अनुसार कोरोना महामारी शुरु भएयता त्यहाँ २० हजार बढीको ज्यान गएपछि अमेरिका इटालीलाई पछि पार्दै शनिबार पहिलो नम्बरमा पुगेको हो। इटालीमा कोरोनाका कारण हालसम्म १९ हजार ४ सय ६८ जनाले ज्यान गुमाएका छन्।

अमेरिकाले यसअघि दुई साता संक्रमणले ल्याउने कठिन परिस्थितिका लागि तयार रहन आफ्ना नागरिकलाई चेतावनी दिएको थियो। अमेरिकी सरकारले संक्रमणबाट १ लाखदेखि २ लाख ४० हजार नागरिकले ज्यान जाने अनुमान गर्दै आएको छ।



हालसम्म अमेरिकामा ५ लाख २० जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा सबैभन्दा बढी संक्रमित न्यू योर्क राज्यमा भेटिएका छन्। त्यहाँ १ लाख ८० हजारबढी जनामा संक्रमण भेटिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ८३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। शनिबारसम्ममा अमेरिकाभर २ हजार जनाको संक्रमणका कारण मृत्यु भएको छ। संक्रमणबाट अमेरिकामा एकैदिन यति धेरै जनाको मृयु भएको यो पहिलोपटक हो।

सम्बन्धित समाचार