आज पहाडी क्षेत्रको एक-दुई ठाउँमा दिउँसोपछि एकैछिन पानी पर्ने सम्भावना रहेको पनि छ । नयाँ वर्षको दिन भोलि (सोमबार) पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको आंशिक प्रभावले भोलि पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भइ थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।
उनका अनुसार मध्य तथा पूर्वी पहाडी क्षेत्रको तुलनामा पश्चिमी पहाडी क्षेत्रमा अलि धेरै पानी पर्नेछ । तर एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्नेछ । यो प्रिमनसुन अर्थात मनसुनअघिको मौसमको विशेषता हो ।
आज तराईको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् नगरकोटीको भनाइ छ ।