खाजा खाँदाखाँदै चट्याङले गयो ज्यान

जिल्लाको एक युवकको शनिबार चट्याङले लागेर ज्यान गएको छ । आफ्नै घरको पिढिमा बसेर खाजा खाइरहेका बेला बागलुङ नगरपालिका–१३ गलुवाका शंकर रिजाललाई शनिबार अपरान्ह ४ बजे परेको चट्याङले लागेको थियो ।

उनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए । चट्याङले लागेर रिजालसँगै अन्य केहि घाइते भएका छन्। घरमा जडान गरिएको बिजुलीको तार समेत जलेको छ भने गोठमा रहेको भैसी मरेको छ ।



सम्बन्धित समाचार