कोरोनाभाइरस देखिएपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि डिस्चार्ज भएका छन् । बिबिसीका अनुसार १० दिनअघि लन्डनको सेन्ट थोमस अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसन आइतबार डिस्चार्ज भएका हुन् ।
उनी तीन दिन इन्टेन्सिभ केयर(आइसियू)मा बसी विहीबार वार्डमा फर्किएका थिए । डाउनिङ स्ट्रिटका अनुसार उनी तत्कालै काममा फर्किने छैनन् । उनले केही समय आफ्नो निवासमा आराम गर्नेछन् ।
स्वास्थ्य टिमको सुझावका अनुसार प्रधानमन्त्री तत्कालै काममा फर्किदैनन् । उनले सेन्ट थोमस अस्पतालबाट पाएको प्रतिभाशाली हेरचाहका लागि धन्यवाद व्यक्त गरेका छन्।