प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय गान बजाउन आमजनतालाई अपिल गरेका छन् । आजबाट नयाँ वर्ष २०७७ साल शुरु भएको छ । लकडाउनका कारण मानिसहरु घरभित्रै रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान बजाउन अपिल गरेका हुन् ।
नयाँ वर्षको दिन बैशाख १ गते बिहान ८ बजे राष्ट्रिय गान बजाउन प्रधानमन्त्रीले अपिल गरेका हुन् । सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै प्रधानमन्त्री ओलिले राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ भनेका छन् ।
ओलीले संकटको घडीमा परिचालितहरुको स्वागतमा राष्ट्र गानको समाप्ति पछि करताल ध्वनिले एकेबद्दता स्वरूप आ(आफ्नो घरको छत तथा बरन्डामा उभिएर तालि बजाउन समेत आग्रह पनि गरेका छन् ।