अहिले नेपालमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव छ । जसका कारण मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशको पश्चिमी पहाडी भू-भाग तथा पूर्वी भुभागमा आँशिकदेखि सामान्य बदली रहनेछ । मध्य भू-भागमा हल्का वर्षा भएको छ । काठमाडौं उपत्यकामा पनि आज बिहान हल्का वर्षा भएको छ ।
देशको मध्य र पुर्वका स्थान तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरिसहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
बुधबार देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।