लकडाउन बढ्ने घोषणा गर्न जारी छ मन्त्रिपरिषद् बैठक

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन थप्ने तयारीमा रहेको मन्त्रिपरिषद् बैठक मंगलबार दिउँसोसम्म बालुवाटारमा जारी रहेको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि चैत ११ गतेदेखि देशभर लकडाउन छ ।



तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ । त्यसले सरकारले मंगलबार नै कम्तिमा थप एक हप्ता लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय गर्न लागेको हो ।

काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लामा पनि कोरोना भाइरसका संक्रमित तथा सम्भावित संक्रमित भेटिएको र विश्व स्वास्थ्य संगठनले पनि संक्रमण फैलिन नदिनका लागि लकडाउनसहितका उपायहरुलाई व्यवस्थित गर्न सुझाव दिएको अवस्थामा नेपाल सरकारले लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय लिन लागेको हो ।

नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एकजनामा संक्रमण निको भइसकेको छ।

सम्बन्धित समाचार