नवकान्तिपुर संवाददाता
काठमाडौं
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ को कारण विश्व दुनियाँ आक्रान्त छ । गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको यस भाइरस २ सय १० देशमा पुगिसकेको छ । यस भाइरस एक शताब्दी यताकै खतरनाक संक्रामक भएको कारण मानिसहरु यसको नाम सुन्दा पनि डराउँछन् ।
यसैबीच सिमकोट गाउँपालिका– ८, याङकी वीरमति शाहीले सोमबार हुम्लाको प्रसूतिगृहमा जन्माएकी छोरी र छोराको नाम कोरोना र भाइरस राखेकोमा डाक्टर अरुणा उप्रतीले आपत्ति जनाएकी छिन् । उनले फेबसुकमा लेखेकी छिन्, ुयस्तो किसिमको मुर्खता कुन स्वास्थकर्मिले गरेका हुन् रु त्यो नाम तुरुन्त परिवर्तन गर्नुपर्छ। त्यो नामले पछी ती बालबालिकालाई समस्या पर्नेछ । उनीहरुलाई साथीले र काम मा पनि जिस्काउनेछन् । उनीहरुलाई मानसीक तनाव हुनेछ। के कसैले विचार गरेको छ रुु
हुन त यसअघि कुनै सवारी साधनमा बच्चा जन्मिए त्यसैको नाममा, परिक्षा दिँदादिँदै जन्माए त्यसैसँग सम्बन्धित नाम राख्ने अभ्यास नेपालमा पनि भइरहेको थियो । यो कुनै नौलो कुरा होईन । तर ३ महिनामा एक लाख २० हजार जनाको ज्यान लिएको र १९ लाख ३० हजार मानिस संक्रमित बनाएको खतरनाक भाइरसबाट नाम राख्दा अहिले ख्यालठट्टाको विषय भएतापनि उनीहरुलाई भविष्यमा नामको कारणले नै मानसिक रुपमा विक्षिप्त नबनाउला भन्न सकिन्न ।
https://www.facebook.com/aruna.uprety.12/posts/2637237839868299