१२ जना भारतीय उदयपुरको एक मस्जिदमा लुकेर बसेको खुलासा

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय र ४ जना नेपाली लुकेर बसेको खुलेको छ । सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यसयता भुल्केमा आएर लुकेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताए ।

त्यसपछि उनीहरू लकडाउन अघिनै भुल्केस्थित मस्जिदमा आएर लुकेर बसेको प्रशासनले दावी गरे पनि स्थानीयवासीले भने लकडाउनकै समयमा उनीहरु आएको बताएका छन् । मस्जिदमा उनीहरूसँगै चार नेपालीसमेत छन् । दुई दिनअघि वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिममा कोरोना संक्रमण देखिएपछि अनुगमन गर्दा उनीहरु फेला परेका थिए ।



त्यसलगत्तै उनीहरुको र्‍यापीड टेष्ट किटबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । परीक्षणका क्रममा पोजेटिभ नदेखिए पनि उनीहरुलाई अझै निगरानीमा राखिने प्रजिअ पहाडीले जानकारी दिए ।

सम्बन्धित समाचार