कोरोनाको संक्रमणबाट विदेशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५ र युएईमा १ जनाको मृत्यु भएको छ ।
त्यस्तै, ६ सय ६५ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । विदेशस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघका शाखा तथा स्थानीय संघसंस्थाबाट प्राप्त जानकारीअनुसार एनआरएनएले सो तथ्यांक तयार पारेको हो ।
अमेरिकामा ५ सयभन्दा बढी नेपाली संक्रमित भएका छन् । बेलायतमा १ सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अस्ट्रेलियामा ९, साउदी अरबमा ४, कुवेतमा ५, जापान, मलेसियामा, म्यानमार र हङकङमा एकरएक जनामा कोरोना संक्रमण भेटिएको छ ।