आफ्नै युट्युब च्यानल खोल्दै सलमान खान

सलमान खानले युट्युबमा आफ्नो च्यानल चलाउने भएका छन् । भारतीय मिडियाका अनुसार उनले ‘बिइङ सलमान खान’ नामक च्यानल चलाउने तयारी गरेका छन् ।

सलमान आफ्ना फ्यानसँग थप नजिक हुनलाई युट्युब प्लेटफर्म प्रयोग गर्न लागेका हुन् । यो च्यानलमा सलमानले आफ्नो व्यक्तिगत जीवनका स–साना कुरा पनि शेयर गर्नेछन् ।



सलमानको लोकप्रियताका कारण सानो भिडियो क्लिप पनि लोकप्रिय हुने गरेको छ । छिट्टै नै सलमानले युट्युब च्यानल प्रयोगमा ल्याउने जनाइएको छ । पछिल्लो समय सलमान खान लकडाउनका कारण फुर्सदमा छन् । बेलाबेलामा सामाजिक सञ्जालमार्फत उनले आफ्ना निजी जीवनका बारेमा भिडियोमार्फत जानकारी दिएका हुन्छन् ।

सम्बन्धित समाचार