काठमाडौँ जिप्रकाले अब मृत्यु संस्कारमा मात्र पास दिने

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मृत्यु संस्कारमा सहभागि हुन मात्र सवारी पास उपलब्ध गराउने भएको छ ।

कार्यालयले सवारी पासको अत्याधिक माग भएको र यसले भीडभाड हुन गई लकडाउन उलङघन हुने खतरा बढेपछि सूचना जारी गरी आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा सहभागी हुने बाहेकका कामका लागि सवारी पास नदिने बताएको हो ।



यस्तै बैशाख ३ गते बुधबार देखि नै यो व्यवस्था लागू भइसकेको समेत सूचनामा उल्लेख छ । प्रशासनले लकडाउनमा अत्यावश्यकीय सवारी साधन सञ्चालनका लागि पास वितरण गर्दै आएको थियो ।

गृह मन्त्रालयले मंगलबारदेखि अनलाइनमार्फत ई–पास लिन सक्ने व्यवस्था गरेपछि अत्याधिक माग बढेको र यसले लकडाउनको उलङघन हुनसक्ने भन्दै मृत्यु संस्कारमा सहभागि हुन बाहेकका लागि पास वितरण नगर्ने निर्णय गरेको हो ।

 

सम्बन्धित समाचार