दुबइबाट फर्किएकी महिलामा देखियो र्‍यापिड टेस्टमा कोरोना पोजिटिभ

करिब तीन साताअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ भेटिएको छ ।

पोखरा वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर कार्कीले यसको पुष्टि गरेका छन् । र्‍यापिड टेस्ट गर्दा उनमा कोरोना संक्रमित भएको र उनलाई थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।



पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले पनि यसको पुष्टि गरेको छ । पोखरा महानगरपालिकाका स्वास्थ महाशाखाका अनुसार उनको र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

सम्बन्धित समाचार