नेपालमा हालसम्म १५ हजार बढीको कोरोना परीक्षण, ११७ जना आइसोलेसनमा

सरकारले हालसम्म १५ हजार बढी कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ८९२९ र पीसीआर विधिबाट ६८७१ वटा गरी कुल १५ हजार ८ सय वटा परीक्षण गरिएको जनाएको हो ।

मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र २८९४ वटा परीक्षण गरीएको जानकारी दिएका छन् ।



उनका अनुसार आज देशभर ५ हजार ६१४ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै आइसोलेसनमा कुल ११७ जना रहेका छन्। तीमध्ये काठमाडौंमा ११ जना र काठमाडौंबाहिर १०६ जना रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार