चीनबाट जिटुजी माध्यमबाट स्वास्थ्य सामग्री ल्याउने समझदारी

चीनबाट जिटुजी माध्यमबाट स्वास्थ्य सामग्री खरिद गरी आयात गर्ने समझदारी भएको छ । चीनबाट ल्याइने सामानको मूल्य तय भइसकेको र बुधबार नै अन्तिम डिल गर्न लागिएको छ ।

कोभिड– १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले चीनबाट जिटुजी माध्यमबाट स्वास्थ्य सामग्री खरिदको विषयलाई टुंगो लगाएको हो । समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार तीन चरणमा भिडियो कन्फ्रेन्समार्फत जिटुजी माध्यमबाट खरिदको काम अन्तिम चरणमा पुगेको बताए ।



स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयको संयोजकत्वमा चीनसँग स्वास्थ्य सामग्री खरिदबारे छलफल अघि बढाइएको थियो । चरणबद्ध छलफलपछि चीनसँग समझदारी भएको हो । सरकारले निजी कम्पनीमार्फतको खरिदमा भ्रष्टाचार भएको भन्दै चरम विवादमा परेपछि त्यसलाई रद्द गरी जिटुजी माध्यमबाट खरिद गर्न लागेको हो ।

सम्बन्धित समाचार