रुपन्देहीको सैनामैनामा १५ वर्षिया एक किशोरी बलात्कृत भएकी छन् । गएको मंगलबार बालिकालाई ललाईफकाई जवरजस्ती करणी गरेको आरोपसहित प्रहरीमा मुद्धा दर्ता भएको छ ।
बालिकालाई बलात्कार गरेको अभियोगमा परिवारले प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीले सैनामैना वडा न.१ का ३७ वर्षीय मानबहादुर छहारीलाई इलाका प्रहरी कार्यालय रन्यौराले पक्राउ गरेको छ ।
अभियुक्त छहारीलाई इलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा राखिएको छ । बालिकामाथि जबरजस्ती करणी गर्ने अभियुक्तलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
बालिकाको स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन । बालिकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारपछि परिवारको जिम्मा लगाइएको डिए भट्टराईले बताए ।