घुम्ति बस सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई घुम्ति बस सेवा सञ्चालन गरेर पैदल घर फर्किरहेका यात्रुलाई गन्तव्य पुर्‍याउन अपिल गरेका छन् । उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा झोलाझिम्टी बोकेर हिँडेरै घरतर्फ जाँदै गरेका मानिसहरुको तस्बिरसहित अपिल लेखेर सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

ती यात्रीहरु सरकारले राहत दिँदादिँदै रहरले नहिँडेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् । भोक र अभावले बाँच्नै नसकिने पो हो कि भनेर उनीहरु परिवार भेट्न सयौं किलोमिटर हिँडेर घर गइरहेका नेता पौडेलले अपिलमा उल्लेख गरेका छन् ।



“यी पैदल यात्रीहरू सरकारले राहत दिँदादिँदै रहरले हिँडेका होइनन् भोक र अभावले बाँच्नै नसकिने पो हो कि भनेर परिवार भेट्न सयौं किलोमिटर हिँडेर घर गइरहेका हुन्,” उनले अपिलमा भनेका छन्, “सरकार घुम्ति बस चलाउँ यात्रुहरूलाई गन्तव्यमा पुर्‍याइदेउ । कोही सुरक्षित हुन कसैले यस्तो पीडा पाउनु हुँदैन । राहत देऊ, सक्दैनौ घर जान देऊ । पैदल यात्रीहरूलाई गतव्यसम्म पुग्न हामी पनि सहयोग गरौं ।”

सम्बन्धित समाचार