जनकपुरधामको सडकमा महिलाले पैसा फाल्दै हिँडेपछि

कोरोना भाइरसको त्रास रहेको समय जनकपुरधाममा दुई महिलाले सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ महावीर चोकमा दुई महिलाले सडक र पसलको छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासीमा त्रास आएको छ ।

शुक्रवार दिउँसो दुईजनाको समूहमा रहेको महिलाहरुले १० रुपैयाँको नोट छरेर भागेकी स्थानीयवासीहरुको भनाई छ । निलो र हरियो रंगको साडी लगाएकी उनीहरुले करिब सय मिटरको दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्याँकेको त्यहाँका स्थानीयवासीहरुले बताएका छन् ।



सडकमा पैसा फयाकेको देखेपछि किन फालेको सोध्दा दुवैजना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीयवासीहरुले बताए । सडकमा फैला फयाकेको देखेर त्रसित भएका स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि सडकमा फालिएको रुपैयाँका केही नोटहरु प्रहरीले नियन्त्रणमा लिएको र त्यस क्षेत्रलाई सेनेटाइज गरेका छन् ।

सडकमा रुपैयाँ फ्याक्ने दुबै महिलाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै स्थानीयवासीले दिएको सूचनाको आधारमा रुपैयाँ उठाउने व्यक्तिहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले नजिकै रहेको एक घरमा सीसीटिभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचार