कोशी अस्पतालले गरेको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ

प्रदेश एकको कोशी अस्पतालमा गरिएको कोरोनाभाइरस प्रयोगशाला परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलका अनुसार कोशी अस्पतालमा पीसीआरबाट गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिए पनि थप पुष्टिका लागि उनीहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । कोशी अस्पतालको परीक्षणमा कोरोना पोजेटिभ देखिएका आठै जना उदयपुरको मस्जिदमा लुकेर बसेका थिए । मस्जिदमा लुकेर बसेका उनीहरुलाई नियन्त्रणमा लिएर कोरोना परीक्षण गरिएको हो।



हाल उनीहरु आठैजनालाई कोशी अस्पतालको आइसोलेसनमा राखिएको छ । अस्पतालले हालसम्म दुई सयभन्दा बढीको पीसीर प्रविधिबाट परीक्षण गरेकोमा ८ जनामा पोजेटिभ देखिएको जनाएको छ । त्यस्तै र्‍यापीड टेस्टमा पोजेटिभ देखिएका एक जनाको पीसीआर परीक्षणमा भने नेगेटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित समाचार