बेलायतमा कोरोनाको भ्याक्सिन विकासमा चमत्कार

कोरोना भाइरसको महामारीले विश्वभर त्रास छ । विश्वका आधाभन्दा बढी अर्थात् झण्डै ५ अर्ब मानिस लकडाउनमा छन् । संक्रमित २४ लाख नाघेको छ भने मृतक डेढ लाख नाघिसकेको छ । यसले स्थिति भयावह बनाएको छ ।

बेलायतको अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिनोलोजी डिपार्टमेन्टका प्रोफेसरले कोरोना भाइरसको भ्याक्सिन बनाउने दाबी गरेका छन् । पत्रकार सम्मेलन गरी प्राफेसर सारा गिलबर्टले भ्याक्सिन सेप्टेम्बरसम्म आउने दाबी गरिन् ।



गिलबर्टले भनिन्, ‘ ChAdOx1 प्रविधिका साथ यसको १२ परीक्षण गरिसकेको छ । हामीलाई एक मात्राबाट नै इम्यूनलाई लिएर उत्कृष्ट परिणाम प्राप्त भएको छ । जबकि आरएनए र डीएनए प्रविधिबाट दुई वा दुई भन्दा अधिक मात्राको आवश्यकता पर्दछ ।’ गिलबर्टले यसको क्लीनिकल ट्रायल सुरु भइसकेको भन्दै सफलताको विश्वास व्यक्त गर्दै यसको १० लाख डोज यसै वर्षको सेप्टेम्बरसम्ममा उपलब्ध हुने बताईन् ।

अक्सफोर्डको टीमलाई उक्त भ्याक्सिनलाई लिएर यति धेरै आत्मविश्वास आएको छ कि टीमले क्लीनिकल ट्रायलभन्दा पहिले नै उत्पादन सुरु गरेको छ । टीमले जोखिमका साथ ठूलो मात्रामा विश्वका विभिन्न हिस्सामा ७ उत्पादकका साथ भ्याक्सिनको उत्पादन सुरु गरेको छ । जसमा ३ बेलायतमा, २ यूरोप र एक-एक चीन र भारतमा रहेको छ ।

सम्बन्धित समाचार