स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालय पुगे डा. पुन

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन आइतबार दिउँसो स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालय पुगेका छन् ।

मन्त्रालयले सरुवा रोग विशेषज्ञ डा. पुनको नाममा पत्र काटेपछि आइतबार उनी मन्त्रालय पुगेका हुन् । उनले मिडियामा धेरै बोलेको भन्दै उनीमाथि सरकारले कारबाही गरेको बताइएको छ ।



शुक्रबार नै मन्त्रालयले डा। पुनलाई पत्र पठाए पनि उनले आइतबारमात्र पत्र बुझेका हुन् ।

सम्बन्धित समाचार