लकडाउनले अपराध घट्‍यो

कोरोना कहरको कारण बन्दाबन्दी जारी रहेको बेला हुम्ला जिल्लामा अपराधिक घटनाहरु ज्यादै न्यून भएका छन् । जिल्ला बासीमा कोरोना त्रासको कारण सबै यसप्रति चिन्तित हुँदा अन्य अपराधिक घटनाहरु कम भएका हुन ।

प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्तीमगरका अनुसार बन्दाबन्दी सुरु भएको चैत ११ गतेबाट प्रहरी कार्यालयमा दुई वटा गम्भीर प्रकृतिका घटनाहरु आएका छन् । जुन एउटा ज्यान केश र अर्को हातपातका घटना रहेको छन् । ती दुबैको मुद्धा दर्ता भइसकेको छ ।



उनले यस अघिका घटनाहरुको अबस्था हेर्ने हो भने यस्ता गम्भीर घटनाहरु ज्यादै न्यून भएको बताए । बन्दाबन्दी हुन अगाडी महिनामा दशदेखि पन्द्र वटा त गम्भीर खालमा घटनाहरु आउने गरेको प्रहरीले जनाएको छ ।

यसमा पालिका अथवा गाउँमै मिलाउने घटनालाई जोडिएको छैन । सिमकोट गाउँपालिका न्याय समितिका संयोजक बली रावतले बन्दाबन्दीयता एउटा पनि घटना समितिमा नआएको बताए । अरु बेला तीनमा तीन वटासम्म घटनाहरु समितिका आउने गर्थे ।

सबै मानिसको ध्यान कोरोना कहरमा गएको कारण घटनाहरु कम भएको प्रहरीको ठम्याई रहेको छ । यद्यपि बेला बेलामा चोरीका घटनाहरु भने भइरहेका छन् ।

जिल्ला भरि दिनमा कतै चोरी, कुटपिटका ज्यान केशका घटना, राजनीति बिबाद मुछिएका घटनाहरु भै रहने हुम्लामा अहिले भने निक्कै शान्त रहेको छ । हुम्लामा यो कोरोना कहरको भने सकरात्मक पक्ष देखिएको छ ।

सम्बन्धित समाचार