भारतीय कम्पनीले विजुलीबिनै चल्ने भेन्टिलेटर बनायो, मुल्य पनि कम

बैंगलोरस्थित एक आईटी कम्पनीले विजुलीबिनै चल्ने भेन्टिलेटर बनाएको छ। हिन्दुस्तान टाइम्सले यो भेन्टिलेटरको मुल्य पनि तुलानात्मकरुपमा कम पर्ने उल्लेख गरेको छ।

कोरोना भाइरस महामारीविरुद्ध लडिरहेको भारतलाई नयाँ प्रविधिको यो भेन्टिलेटरले राहत दिने छ । २५ सय भारतीय रुपैयाँ पर्ने यो भेन्टिलेटर विश्वकै सबैभन्दा सस्तो भएको दावी गरिएको छ । एयरबस र बोइङका लागि आवश्यक उपकरणहरु उत्पादन गर्ने डाइनामिक टेक कम्पनीले भेन्टिलेटर तयार गरेको हो । ग्रामिण प्राथमिक स्वास्थ्य चौकी र स्थानीय अस्पतालहरुका लागि यो भेन्टिलेटर बढी उपयोगी हुने जनाइएको छ ।



भेन्टिलेटरले शरीरमा प्रेसर र अक्सिजनको मात्रा नियन्त्रण गरि स्वास प्रश्वासलाई सहज बनाउने छ । भारतको आर्थिक विकाश सम्बन्धी हेर्ने निती आयोगका प्रमुख कार्यकारी अधिकृत अमिताव कान्तले डाइनामिक टेकले तयार गरेको भेन्टिलेटरले कोरोना भाइरसबाट जिवन बचाउन महत्वपुर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार