आफ्नै स्वरमा अभिनेता सलमान खानको कोरोना गीत, भिडियो भाइरल बन्दै (भिडियोसहित)

कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका अधिकांश देशहरु लकडाउन भएका छन । जसका कारण सारा क्षेत्रमा यसको प्रभाव परेको छ । काम गर्न जानु नपर्दा अधिकांश मानिसहरु घरमै बसिरहेका छन् ।

कतिपयलाई यो समय आराम गर्ने समय भएको छ भने, कतिपयलाई सिर्जना गर्ने राम्रो समय भएको छ । यसैबीच बलिउड अभिनेता सलमान खानले कोरोना सम्बन्धी नयाँ गीत सार्वजनिक गरेका छन् ।



‘प्यार करोना’ बोलको गीतको प्रोमो भिडियो समेत आईसकेको छ । उनको गीतलाई फ्यानहरुले एकदमै मन पराएका छन् । खानले यो गीत आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।

गीतको माध्यमबाट उनले आम मानिसहरुलाई कोरोनाबाट बच्ने सल्लाह दिएका छन् । उनले यो गीत स्वयं गाएका छन् भने उक्त गीत सलमान स्वयंले नै सिर्जना गरेका हुन् ।

https://www.instagram.com/p/B_MOSBeleHd/

 

सम्बन्धित समाचार