
सरकारले दल फुटाउन खुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेसँगै सरकारमा सहभागी भएका पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक बसेको छ ।
बालुवाटारबाट फिर्ता भएर पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक ऊर्जा मन्त्रालयमा बसेको छ । बैठकपछि निर्णय सुनाउन पुन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेको स्रोतले जानकारी दियो ।
नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत पुर्याए पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
