सल्यानमा कोरोना भाइरस संक्रमण (कोभिड–१९)परीक्षणमा एक जना युवामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ । शारदा नगरपालिका १ शीतलपाटी शिवजन माध्यमिक विद्यालयमा आरडिटी परीक्षण गरिएको थियो । जसमा ३२ वर्षीय युवाको रिपोर्ट भने पोजेटिभ आएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
शारदा नगरपालिकाले दुई स्थानमा आरडिटी शिविर राखेको थियो । जसमा ७९ जनाको परीक्षण गरिएको थियो । शारदा नगरपालिका मार्केमा ३० जना र वडा नम्वर १ शितलपाटीमा ४९ आरडिटी गरिएको थियो । ती युवालाई अहिले जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ ।
ती युवा चैत ६ गते दुबईबाट आएका जिल्ला अस्पताल सल्यानका प्रमुख डाक्टर अर्जुन बुढामगरले जानकारी दिए । पोजेटिभ रिपोर्ट आएपछि पिसिआर जाँचका लागि स्वाब संकलन गरी सुर्खेत पठाउने तयारी गरिएको छ । ती युवाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।