लकडाउनले रोकियो शान्ति श्री र साजनको ‘बाँसको डोको’

गत फागुनमा लोकदोहोरी एल्वम ‘मनको आशा’ बजारमा ल्याएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका लोक गायक साजन कुवँर (निराजन) यतिबेला अर्को नयाँ एल्वम ‘बाँसको डोको’को रिलिजको तयारीमा छन् । कोरोना भइरसको महामारी फैलन नदिन नेपाल सरकारले लकडाउन गरेसँगै कलाकर्मीहरुको दैनिकी पनि फेरिएको छ । नियमित तथा पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित भएका छन् ।

विगत लामो समयदेखि राजनीतिक क्षेत्रमा पनि आफ्नो अस्तित्व जमाइ राखेका गायक कुवँरले टिपिकल नेपाली मौलिक शब्द समेटेर नयाँ लोकदोहेरी एल्वम ‘बाँसको डोको’ बजारमा ल्याउन लागेको बताए । लोकप्रिय गायिका शान्ति श्री परियार र साजन कुवँर (निराजन) को स्वर रहेको यस एल्वममा यज्ञ सापकोटाको शब्द र पुजा गुरुङको लय रहेको छ । दुर्गेश थापा, नारायणी केसी र कमल परियारको अभिनय रहेको उक्त एल्वम वैशाखको पहिलो हप्ता बजारमा ल्याउने तयारी भए पनि लकडाउनको कारण रोकिएको कुवँरले बताए । अब लकडाउनको समाप्तिसँगै उक्त एल्वम बजारमा आउने गायक कुवँरले बताए ।



लकडाउनका कारण आफ्नो अस्थायी निवास सीतापाइलमा सेल्फ क्वारेन्टिनमा रहेका गायक कुवँरको दैनिकी विभिन्न म्युजिक भिडियोहरू हेर्ने, टिकटक बनाउने र आफ्ना शुभचिन्तकहरूसँग प्रत्यक्ष टेलिफोन र सामाजिक सञ्जालबाट संवाद गरेर बित्छ । राज्यले लिएको निर्णयमा पूर्ण समर्थन जनाएका गायक कुवँरले विपन्न गरिब र मजदुरहरुको दैनिक जीवज कष्टकर बन्दै गएको प्रति चिन्ता ब्यक्त गदै भने-‘लकडाउनको विकल्प थिएन तर राज्यको ध्यान ज्यालादारी गरेर जीविकोपार्जन गर्ने विपन्न र मजदुरहरूको दुःख र पीडातिर फिटिक्कै गएन ।’

सम्बन्धित समाचार