गुफामा बसेका एक नेपालीसहित ६ विदेशीको उद्धार

भारतको उत्तराखण्डको एक गुफामा बसिरहेका एक नेपालीसहित ६ विदेशीलाई भारतीय प्रहरीले उद्धार गरी क्वारेन्टाइनमा राखेका छन् ।

ऋषिकेशमा गंगा नदीको किनारस्थित गुफामा बसीरहेका दुई महिलासहितका विदेशीलाई आइतबार उद्धार गरी स्थानीय धर्मशालामा क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ ।



उनीहरु मुनि की रेती क्षेत्रको होटलमा बसेका उनीहरु लकडाउन लागु भएसँगै होटलबाट गुफामा सारिएका थिए । पैसा सकिएपछि उनीहरु गुफामा सर्न बाध्य भएको प्रहरीले जनाएको छ ।

यसरी उद्धार गरि क्वारेन्टाइनमा राखिनेमा युक्रेनका ओलेह सान्डेत्स्की र ओक्साना क्राभ्चुक, टर्कीका मार्भे तुर्हान अमेरिकाका माइकल राफेल फाल्कोन, फ्रान्सका लाडिस्लास लुकास र नेपालका विष्णु गिरी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनीहरु गएको मार्च २४ मा गुफामा सरेका थिए । सोही दिन भारतमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन लागु भएको थियो ।

सम्बन्धित समाचार