कैलालीका कोरोना संक्रमित युवक डिस्चार्ज, उपचारपछि घर फर्किनेको संख्या ५ पुग्यो

कैलालीका अर्का कोरोना संक्रमित युवक पनि निको भएर घर फर्किएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षका युवक अस्पताल भर्ना भएको २८ दिनमा निको भएर फर्किएका हुन् । उनलाई मंगलबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।

चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको तीनवटा रिपोर्ट पोजिटिभ आएको थियो । निरन्तरको उपचारपछि पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रवक्ता डा. जगदिश जोशीले बताए ।



दुबईबाट दिल्ली हुँदै चैत ७ गते काठमाडौं पुगेका शाही त्यहाँबाट ८ गते बुद्ध एयरको जहाजबाट नेपालगञ्ज आएका थिए । सोही दिन नेपालगञ्जबाट सार्वजनिक यातायात चढेर धनगढी पुगेका शाही तीन दिनपछि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए ।

शाही नेपालमा कोरोना संक्रमणको उपचारपछि निको भएर घर फर्किने पाँचौं व्याक्ति हुन् । यसअघि  ४ जना कोरोना संक्रमित उपचारपछि घर पर्किसकेका छन् ।

सम्बन्धित समाचार