विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०७ पुगेको छ । अहिलेसम्म विश्वभर २५ लाख ५६ हजार ४६७ मा कोरोनाको संक्रमण देखिसकेको छ । १६ लाख ८७ हजार ३३६ कोरोनाका संक्रमितको उपचार भइहेको छ । यसमध्ये ५७ हजार २५४ जनाको अवस्था गम्भीर रहको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजार २२७ जनाको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली छ । इटलीमा २४ हजार ६४८ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा २० हजार ७९६, स्पेनमा २१ हजार २८२, बेलायतमा १७ हजार ३३७ तथा जर्मनीमा ५ हजार ३३ को ज्यान गइसकेको छ ।
नेपालमा भने कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । जम्मा ४२ जनामा संक्रमण देखिएको छ । यसमध्ये ५ जना निको भएर घर फर्किसकेका र बाँकीको उपचार भइरहेको तथा अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।