कोरोना रोकथामका लागि गाउँगाउँमा कीटनाशक औषधि छर्किन युवाहरू सक्रिय

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महाविपत्तिले आज सिङ्गो मुलुकलाई पनि अक्रान्त पारिरहेको छ । यसबाट बच्न देशभरि नै लकडाउन भएको आज ३० औं दिन हो । आज नागरिकहरू आ–आफ्नै घरभित्रै बस्न विवश छन् । आफू, परिवार र समुदायलाई सुरक्षित राख्न लकडाउन नै उत्तम विकल्पको रूपमा मानिएको छ । तसर्थ राज्यले गरेको आव्हानलाई नागरिकहरूले पनि आ–आफ्नो स्थानबाट पालना गरिरहेका छन् ।

त्यसैले पनि असाध्यै ठूलो भीडभाड र जनघनत्व भएको राजधानी शहर आज निकै सुनसान र रित्तो हुन पुगेको छ । लगभग ३० लाख नागरिकले काठमाडाैं छाडेको तथ्याड्ढले देखाउछ । गाउँ बस्तीमा चहल पहल बढेको छ । दसकौंदेखि गाउँ नपुगेकाहरू अहिले महिनौंदेखि गाउँमैं बसिरहेका छन् र रोजगारीको सिलसिलामा वा अध्ययनको सिलसिलामा विदेशीएकाहरू पनि गाउँघर फर्केका छन् । त्यसैले गाउँमा पनि कोरोना सक्रमितको भय र त्रास बढेको स्थानीयबासी बताउँछन् ।



नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं.– २ मा पनि त्यस्तै भय र त्रासको अवस्था सिर्जना भएको स्थानीय बताउँछन् । केही हदसम्म भए पनि आफ्नो गाउँ ब्याक्टेरियाहरू र अन्य जीवाणुहरूबाट सुरक्षित गर्न कीटनाशक औषधि स्प्रे गर्ने कार्य आरम्भ गरिएको छ । यस कार्यको नेतृत्व नेपाली कांग्रेस नुवाकोटका युवा नेता, महासमिति सदस्य तथा जिल्ला पार्टी सभापतिका प्रत्यासी रमेशकुमार महत र नेपाली कांग्रेस ककनी काठमाडौं सम्पर्क समितिका सभापति युवा नेता ऋषिकुमार तामाङले गरेका छन् । उनीहरूले व्यक्तिगत रूपमा आवश्यक औषधि खरिद गरी र आफैं पनि सक्रिय भई ककनी गाउँपालिकाका क्रमशः सबै वडाहरूमा कीटनाशक औषधी छर्कने कार्यमा सक्रिय भएको सभापति तामाङले बताए ।

युवा नेता महतले मिस्त्रीसहित आवश्यक मेसिन, औषधि तथा अन्य उपकरण पठाएको विद्यार्थी नेता ज्ञानेन्द्रप्रकाश गजुरेलले नवकान्तिपुरलाई बताए । हाल वडा नं. १ र २ मा स्प्रे गर्ने काम सकिएकोले अब अन्य वडाहरूमा पनि विस्तार गर्दै लैजाने योजना रहेको नेपाली कांग्रेस वडा नं. २ का सभापति राजन न्यौपानेले जानकारी गराए । विभिन्न वडाहरूमा कीटनाशक औषधि स्प्रे गर्ने कार्यमा पार्टीबाट निर्वाचित वडा सदस्य ठाकुर घिमिरे, संचारकर्मीे नवराज घिमिरे, राप्रपा ककनीका युवा नेता सीताराम घिमिरे तथा अन्य व्यक्तिहरूको पनि सक्रियता रहेको जनाइएको छ । यस्तो महाविपत्तिको बेलामा पार्टीगत रूपमा नभई सामुहिक रूपमा लाग्न उचित देखेकोले म आफू पनि सो कार्यमा संलग्न भएको राप्रपा नेता घिमिरेले बताए ।

https://www.facebook.com/nawakantipur/videos/2484242275162326/

सम्बन्धित समाचार