जानाजान कोरोना भाइरस फैलाएको आरोपमा अमेरिकी राज्य मिजोरीबाट चीनविरुद्ध मुद्दा

जानाजान कोरोना भाइरसको महामारी फैलाएको आरोपसहित अमेरिकाको मिजोरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ ।

विश्वव्यापी महामारीलाई लिएर अमेरिकाको मध्यपश्चिमी राज्य मिजोरीले चीन सरकार र त्यहाँको सत्ताधारी कम्युनिष्ट पार्टीविरुद्ध अमेरिकाको संघीय अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।



चीन सरकारले कोरोना भाइरसको सम्भावित जोखिम र यसको संक्रामक स्वरुपबारे बेलैमा सूचित नगरेको तथा सूचना दिन खोज्नेलाई पनि रोकेकाले मुद्दा दायर गरिएको मिजोरीका महान्यायाधीवक्ता एरिक स्च्मिटले जानकारी दिएका छन् ।

दायर मुद्दामा कोभिड–१९ बाट भएको मानवीय क्षति, समस्या तथा आर्थिक संकटको क्षतिपूर्ति चीनले दिनुपर्ने माग गरीएको छ ।

मिजोरीमा कोरोना भाइरसले मंगलबारसम्म २१५ जनाको मृत्यु भइसकेको छ भने कोरोना संक्रमितको संख्या ५ हजार ९६३ पुगेको छ ।

सम्बन्धित समाचार