कोरोना महामारीका बीच अर्को संकट

कोरोना भाइरसको महामारीका बीच एउटा अर्को संकट आउँदै गरेको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकाको बाटो हुँदै एटलान्टिक तुफान आईरहेको वैज्ञानिकहरुले बताएका छन् ।

६ हप्ता भित्र यसले तहल्का मच्चाउने वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी विशेषज्ञहरुले यसबारेमा चेतावनी दिँदै सतर्क रहन सबैलाई आग्रह गरेका छन् । यो दोश्रो शक्तिशाली तुफान भएको बताइएको छ । यो तुफान आफ्नो निर्धारित समय भन्दा धेरै अगाडिको समयमा आईरहेको वैज्ञानिकहरुले बताएका छन् ।



५ वर्षमा यति धेरै ठूलो तुफान नआएको उनीहरुले बताएका छन् । कोरोना महामारीले सबैभन्दा धेरै ग्रस्त बनेको अमेरिकामा वैज्ञानिकहरुले दिएको तुफान सम्बन्धी चेतावनीले सबैको होश उडेको छ । यो तुफानले ठूलो हानी गर्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । अमेरिकाका वैज्ञानिकहरुले एक ग्राफ शेयर गर्दै शक्तिशाली देखिएको तुफान समय भन्दा धेरै अगाडि आइरहेको बताएका छन् ।

एनओएएको तुफान अनुसन्धान डिपार्टमेन्टका अनुसार एटलान्टिक तुफान सामान्यतः १ जुन देखि ३० आउने गर्दछ । तरयो पटक भने, यो ६ हप्ता अगाडि नै आईरहेको छ । साथै वैज्ञानिकहरुले यसको स्वरुप पहिलाको भन्दा अत्याधिक घातक रहेको बताएका छन् । समुन्द्र नजिक बस्नेहरुलाई धेरै खतरा रहेको बताइएको छ । वैज्ञानिकहरुले गएको ५ वर्ष यता स साना मात्र तुफान आएका थिए ।

मौसम वैज्ञानिकका अनुसार तुफानले संयुक्त राज्य अमेरिका र एटलान्टिक बेसिनका देशहरुमा धेरै क्षति गर्नेछ । गएको वर्षको मे महिनामा एन्ड्रिया नामक तुफान बर्मुडाको दक्षिण पश्चिमका भागहरुमा आएको थियो । उक्त तुफान २४ घण्टासम्म चलेको थियो ।

कसरी बन्छ एटलान्टिक तुफान ?

वैज्ञानिकका अनुसार यो तुफान चक्रवातको निम्न दवाव क्षेत्रमा बन्छ । गर्मी तथा चीसो वातावरणकाबीचमा तापक्रमको अन्तर भएको कारण यसले ठूलो रुप लिने गर्दछ ।

न्यानो हावा माथि आउन थालेपछि गर्मी बढ्दै जाने क्रममा तुफान बन्ने गरेको वैज्ञानिकहरु बताउँछन् ।

सम्बन्धित समाचार