बेलायत सरकारले कारोना भाइरस विरुद्दको भ्याक्सिन (खोप) मानिसमा परीक्षण गर्ने तयारी गरेको छ । त्यहाँका स्वास्थ्य सचिव म्याट ह्यान्ककले मंगलबार सो कुराको जानकारी दिएका हुन् । उनले कोभिड–१९ विरुद्दको भ्याक्सिन बनाउन सरकारले सम्पूर्ण प्रयास जारी राखेको बताए ।
मिडियाकर्मीहरुसँगको ब्रिफिङमा स्वास्थ्य सचिवले भने, ‘बेलायतले भ्याक्सिनको पत्ता लगाउने खोजमा अरु देशले भन्दा बढी पैसा लगाइरहेको ।’ उनले खोप परीक्षणको काम अघि बढिरहेको बताउँदै त्यसको प्रगति पनि तिव्र गतिमा भैरहेको बताए ।
उनले भने, ‘अक्सफोर्ड र इम्पिरियल कलेज लन्डनमा यसको काम भैरहेको छ र तिव्र प्रगति पनि भैरहेको छ । यो खोपको परीक्षण मानिसहरुमा बिहिबारबाट सुरु हुनेछ ।’ (बीबीसी