प्रधानमन्त्रीको विरोधमा बिहानै सडकमा निस्कियो नेविसंघ

लकडाउनकै अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बिहानै सडकमा निस्किएको छ । विहीबार बिहानै नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेको थियो ।

संसद भवन अगाडि सडकमा नेविसंघले प्रदर्शन गर्दै लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको हुँदा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएको नेता संविधानसभा सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष रन्जित कर्णले बताए ।



यसअघि बुधबार नेपाली कांग्रेससहितका चार दलले तत्काल संसद बैठक बोलाउन माग गरेका थिए। कांग्रेसको आग्रहमा बसेको समाजवादी पार्टी, राजपा नेपाल र राप्रपा शीर्ष नेताको संयुक्त बैठकले सरकारले सोमबार ल्याएका अध्यादेशले संविधानको मूल मर्ममा आक्रमण तथा लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लङ्घन गरेको ठहर गर्दै भौतिक दूरी कायम गर्दै तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो ।

सम्बन्धित समाचार