आरडीटी किट र भीटीएम अभावले कोरोना परीक्षण स्थगित

सप्तरीमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो । किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराखेको छैन् । मागअनुसार किट प्राप्त नभएपछि उनीहरुको कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोकथाम र नियन्त्रणको तयारी र अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गर्न आएका प्रदेश नं। २ महिला तथा बालबालिका सामाजिक न्याय समितिसँग स्वास्थ्य कार्यालय र गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुखले आरडिटी किटसहितको स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरे ।



प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आपूर्ति केन्द्रबाट चैत ३० गते प्राप्त आठ सयमध्ये सात सय ४० किट सकिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपलाई उपलब्ध एक सय किट पनि सकिएको सिनियर अहेव डम्बर गुप्ताले बताए । यस्तै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा आएको १ सय ६० मध्ये १ सय १७ किट प्रयोग भइसकेको अस्पतालले जनाएको छ । अब बाँकी रहेका किट आज सकिने जानकारी गराउँदै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले तत्काल किट उपलब्ध नभए परीक्षण रोकिने बताए ।

सम्बन्धित समाचार