अमेरिकालाई सहयोग यथावत राख्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले अमेरिकाका तर्फबाट हुँदै आएको सहयोग यथावत रहने अपेक्षा गरेका छन् । सहयोग रोक्ने सम्बन्धी आफ्नो घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनर्विचार गर्ने आश रहेको डब्लुएचओका प्रमुख डा। टेडरोजले बताएका हुन् । तर उनले आफूहरुको पहिलो प्राथमिकता कोरोना भाइरहेको विश्वव्यापी महामारी अन्त्य गर्ने र जीवन रक्षा गर्नेमा रहेको उनले स्पष्ट पारे ।

महामारी अझै लामो समय रहने सक्ने जोखिम रहेको भन्दै उनले सचेत बनाएका छन् । विशेष गरी अफ्रिका तथा दक्षिण अमेरिकाका देशमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकाले जोखिम अझै रहेको डा. टेडरोजले बताएका हुन् ।



उनले भनेका छन्, ‘धेरै देशमा अझै पनि कोरोना भाइरस महामारीको प्रारम्भीकर चरण नै छ । यस्तै सुरुमा महामारीबाट प्रभावित दएका देशमा पुनः संक्रमण देखिन थालेको छ ।’

उनले बुधबार ब्रिफिङ्गको क्रममा भने, ‘हामी महामारीबाट मुक्त हुनका लागि अझै लामो यात्रा तय गर्नु छ । त्यसले कुनै पनि गल्ती गर्ने छुट छैन। भाइरस लामो समय हामीसँगै रहने छ ।’ उनले हाललाई पश्चिम युरोपमा महामारी स्थिर वा कमजोर हुन थालेको पनि बताए ।

महामारीको यो अवस्थामा सहयोग यथावत रहने अपेक्षा रहेको उनले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता महामारी नियन्त्रणमा लिन असफल भएको र चीनको पक्षपोषण गरेको भन्दै अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेका थिए ।

सम्बन्धित समाचार