अध्यादेश खारेज गर्ने विषयमा प्रधानमन्त्री ओलीले गरे राष्ट्रपतिसँग छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ । विहीबार साँझ शितल निवासमा भएको भेटमा समसमायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।

‘प्रधानमन्त्रीले राष्ट्रपतिलाई पछिल्ला घटनाक्रम र देशको अवस्थाबारे जानकारी गराउनुभयो’ थापाले भने, ‘यो नियमति भेटघाट हो।’ पौने सात बजे शितल निवास पुगेका ओलीको भेटवार्ता ८ बजेसम्म जारी थियो । यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए ।



राष्ट्रपतिसँगको भेटमा अध्यादेश खारेज गर्ने विषयमा कुरा भएको नेकपा स्रोतकाे दाबी छ ।  संविधानअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने छिन् ।

सम्बन्धित समाचार