टाइगर र दिशा पटानी सँगै बस्दै

बलिउड अभिनेता टाइगर श्राफकी बहिनी कृष्णाले अभिनेत्री दिशा पटानीबाट उपहार पाएको बताएपछि यसबारे केही समाचार आए ।

दिशालाई टाइगरसँग जोडेर गस्सिप सार्वजनिक भए । टाइगरका फ्यानले भने दिशा उनकै घरमा बस्न थालेको टिप्पणी गर्न थालेका छन् । केही भारतीय मिडियाले पनि लकडाउनको अवधिभर दिशा टाइगरसँग घरमै बसेको दावी गरे ।



टाइगरकी बहिनीले भने मुम्बइ मिररका लागि दिशा घरमै नबसे पनि नजिकै बसेको प्रतिक्रिया दिइन् । टाइगर र दिशा सँगै बस्न थालेको गस्सिप आउन थालेपछि कृष्णाले नजिकै बसिरहेको बताएकी हुन् ।

साथै सामान किन्न सँगै पसल जाने गरेको पनि उनले खुलाइन् । कृष्णाले मिडियासामु दिशाको खुलेर प्रशंसा पनि गरेकी छन् । टाइगर र दिशाको मित्रता वर्षौँदेखिको हो । पछिल्लो समय लकडाउनको अवधिमा टाइगर र उनकी बहिनीसँग अभिनेत्री दिशाको नियमित भेटघाट र कुराकानी भइरहने बताइएको छ । त्यसो त, कृष्णाले अन्तर्वार्तामा पनि दिशा आफ्नो घरमा आएको र टाइगरसँग प्रसस्त समय बिताएको खुलासा गरेकी छन् ।

सम्बन्धित समाचार