कोरोना भाइरसको उत्पतीलाई लिएर स्वतन्त्र जाँच गर्न गरिएको मागलाई चीनले खारेज गरिदिएको छ । ब्रिटेनमा रहेका चीनका कुटनीतिज्ञ चेन वेनले यो माग राजनीतिबाट प्रेरित भएको भन्दै कोरोना भाइरस बिरुद्धको लडाईंमा रहेको चीनलाई कमजोर पार्ने कोशिष भएको जनाएका बीबीसीले उल्लेख गरेको छ ।
कोरोना भाइरसको संक्रमण पछि चीनमा यसको पारदर्शिता नरहेको उसलाई आरोप लाग्दै आएको छ । यद्यपि यसको सुरुआत चनीको वुहानस्थित वेट मार्केटबाट भएको उसले स्वीकार गरिसकेको छ ।
युरोपियन युनियनले पनि चीनले कोरोना भाइसको सही सूचना लुकाएको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा लगातार चीनको आलोचना गर्दै आएका छन् ।