अमेरिकन आइडलमा सहभागी दिवेशलाई अगाडि बढ्न अब भोटको आवश्यकता

अमेरिकन आइडलमा सहभागी नेपाली गायक दिवेश पोख्रेललाई अगाडि बढ्न अब भोट चाहिने भएको छ। आइतबार तीन माध्यमबाट भोट गर्न सकिने उनले बताएका छन् । सन्देश पठाएर, वेवसाइटबाट र अर्को अमेरिकन आइडलको एपलाई डाउनलोड गरेर दिवेशलाई भोट गर्न सकिन्छ । एकजनाले ३० वटा भोट गर्न मिल्ने व्यवस्था रहेको छ ।

आज राती अमेरिकन आइडलको ‘टप २०’ प्रस्तुती प्रिमियर हुँदैछ । दिवेशलाई अब अगाडि बढ्नलाई भोटको आवश्यकता छ ।



भोट गर्ने तरिका,

उनले भिडियो सन्देश जारी गरी अहिलेसम्मको सांगीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

दिवेश अमेरिकन आइडलको १८ औँ सिजनमा सहभागी भएका हुन् । ‘आर्थर गन’ को रुपमा परिचित पोख्रेल पाँच वर्ष अगाडि अमेरिका पुगेका हुन् । हाल अमेरिकाको कान्सास राज्यमा बस्ने उनी काठमाडौँमा हुर्केका हुन् ।

अमेरिकन आइडलको छनौटमा नै उनले निर्णायकहरु प्रतिष्ठित संगीतकर्मी केटी पेरी, ल्युक ब्रायन र लियोनल रिचिको तारिफ बटुलेका थिए । सुरुमा बब डेलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गाएका थिए, त्यसपछि उनलाई लियानल रिचीले अर्को गीत गाउँन भने । त्यसपछि उनले क्रिडेन्स क्लियरवाटरको ‘ह्याव यू एभर सिन द रेन’ बोलको गीत गाएका थिए ।

यो गीत गाएपछि केटी पेरीले ‘ही इज दि बेस्ट’ भनेकी थिइन् । पेरीले दिवेशलाई ‘यू आर द रक स्टार’ भनेकी थिइन् । पेरीले जस्तै ल्युक ब्रायन तथा लियोनल रिचीले पनि दिवेशको खुलेर प्रशंसा गरेका थिए ।

https://youtu.be/46P8QcMq2QQ

त्यसपछि अर्को चरणमा पुगेका दिवेशले बब मार्लीके गीत गाउँदै टप २० मा पुगेका थिए । बब मार्लीको ‘इज दिश लभ’ बोलको गीत गाएका पोख्रेललाई तीनै जना निर्णायकले ‘स्टेन्डिङ ओभिएसन’ दिएका थिए । निर्णायक लियोनल रिचीले दिवेशलाई टप -२० मा पुगेको निर्णय सुनाउनुअघि उनको मज्जाले तारिफ गरेका थिए। रिचिले दिवेशलाई अगाडि बढाउने निर्णय सबैभन्दा सजिलो भएको भन्दै उनको क्षमताको खुलेर तारिफ गरेका थिए र उनलाई प्रतियोगिताकै सबैभन्दा युनिक प्रतियोगी भनेका थिए ।

अमेरिकन आइडलसम्मको यात्रा तय गर्ने क्रममा दिवेशले केही नेपाली गीत पनि गाएका छन् । उनले आफ्ना गीतहरु स्टेज नेम आर्थर गन नामक युट्युब च्यानलमा हेर्न सकिन्छ ।

सम्बन्धित समाचार